उपनिर्वाचनबाट निर्वाचित तीन सांसदको शपथ आज | Khabarhub Khabarhub

उपनिर्वाचनबाट निर्वाचित तीन सांसदको शपथ आज


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् ।

चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले बिहान साढे ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ। उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेसँगै यी दुई क्षेत्र रिक्त भएका थिए । यसैगरी चितवन २ बाट निर्वाचित लामिछानेको नागरिकता विवादले पदमुक्त भएपछि पुन: चुनाव भएको हो।

यही वैशाख १० गते उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ५६ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता