उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल « Khabarhub

उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्सा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरेका छन् ।

उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

नेपाल ब्यूटिसियन सङ्घको वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले विश्वका ठूला कम्पनीहरु नेपालमा आ–आफना शाखा विस्तार गर्न थालिसकेको बताउँदै उत्पादनमुखी बाटोले नै समृद्धिको गणतव्यसम्म पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले आफू अनुकूल भएका मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई सबै राजनीतिक दललाई कमजोर बनाउने धारणा व्यक्त गरे । उनले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बीचको अत्यधिक मत्वकाङ्क्षाले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै