अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : विष्णु पौडेल « Khabarhub

अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : विष्णु पौडेल


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरूमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापामा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महँगो पर्ने उनले चेतावनी दिए । 

झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

 नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे । 

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : १३ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत