अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : विष्णु पौडेल « Khabarhub

अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : विष्णु पौडेल


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरूमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापामा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महँगो पर्ने उनले चेतावनी दिए । 

झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

 नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे । 

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : १३ बजे

बलिउड अभिनेता धर्मेन्द्रको निधन

मुम्बई- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार निधन भएको छ। यो

एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार

नुवाकोट– नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोध : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा

ह्वाइटहाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग

वासिङ्टन– न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी

विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको