‘सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्छौँ’ « Khabarhub

‘सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्छौँ’


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताएका छन् । आज यहाँ आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उनले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप बजेटको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् । 

मन्त्री मोदीले भने, ‘निजामती कर्मचारी अस्पतालजस्तै सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्नेबारे सोचिरहेका छौँ । यसका लागि आगामी आवमा बजेटको व्यवस्था गर्न खोजिरहेका छौँ ।’ उनले अस्पताल निर्माणको योजनाबारे जानकारी दिँदै भने , ‘ती अस्पतालमध्ये पनि राष्ट्रिय कलाकार, राष्ट्रिय व्यक्तित्व, विभिन्न आन्दोलनका घाइते, सहिद वा बेपत्ताका परिवारका लागि पनि छुट्टै अस्पताल निर्माण गर्ने सोचेका छौँ ।’

मन्त्री मोदीले सबै जनतामा सुलभ उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने र थप अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोगका लागि पहल गरिने धारणा व्यक्त गरे । कार्यक्रममा चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवन पुननिर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । 

समारोहमा नेपालका लागि चीनियाँ राजदूत छन सोङ्ले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए । ‘विगत केही दशकयता, नेपाल सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धेरै हदसम्म सफल भएको छ ।  यसबीच चीन सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्यले दुवै देशको सम्बन्धलाई एउटा उचाइ दिलाएको छ’, उनले भने।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले उक्त सर्जिकल भवनले थप उपचार सेवा उपलब्ध गराउन सहज हुने बताए । उक्त भवनमा एक सय पाँच साधारण शय्या, १२ सघन कक्ष र चार शल्यचिकित्सा कक्ष छन् । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै