मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित | Khabarhub Khabarhub

मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन् । सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन् । 

७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन् । उनी मात्र होइनन कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरु पछिल्लो समय कुखुरापालन गर्न थालेका छन् । १०० वटा कुखुरा पालन गरि रहेका कृषकहरुलाई कुखुरापालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्ष पुनदेवी रावलको छ । 

 व्यावसायिक कुखुरापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत  पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालैधार्क गाउँका ६६ जना कृषकहरुलाई २ हजार ३ ७५ कुखुराका चल्ला वितरण गरिएको छ ।  जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नुमना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जना लाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ । 

खजुरामा रहेको संघीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायरब्ल्याकस्टक गरी दुई प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ३० बजे

झाडी फाँडेर १४० रोपनीमा ओखर खेती

बागलुङ– बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखर खेती थालेका

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

चितवन– चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’

गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार

काठमाडौं – यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल

विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै

सात वर्षमा सात सरकार झेल्दै गण्डकी प्रदेश : सर्वत्र टुक्रे योजना

पोखरा – गण्डकी प्रदेश स्थापना भएर सञ्चालनमा आएको सात वर्ष