मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित « Khabarhub

मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन् । सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन् । 

७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन् । उनी मात्र होइनन कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरु पछिल्लो समय कुखुरापालन गर्न थालेका छन् । १०० वटा कुखुरा पालन गरि रहेका कृषकहरुलाई कुखुरापालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्ष पुनदेवी रावलको छ । 

 व्यावसायिक कुखुरापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत  पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालैधार्क गाउँका ६६ जना कृषकहरुलाई २ हजार ३ ७५ कुखुराका चल्ला वितरण गरिएको छ ।  जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नुमना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जना लाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ । 

खजुरामा रहेको संघीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायरब्ल्याकस्टक गरी दुई प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ३० बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन