गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु « Khabarhub

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु भएको छ । गरिमाका बुवा मनोज र आमा मानमती चौधरीसँग गृहमन्त्रीले छलफल गरिरहेका छन् । वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीताकुमारी चौधरी पनि सहभागी छिन् ।

बाराको सिमराकी गरिमाको बलात्कारपछि हत्या भएपछि उनका आमाबाबु केही दिनदेखि आन्दोलित थिए । उनीहरु वार्ता गर्न शनिबार विमान चढेर राजधानी आएका हुन् ।

गत साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी गरिमाको शव तीन दिनपछि फेला परेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

हाल गरिमालाई न्याय माग्दै राजधानी काठमाडौंसँगै देशका विभिन्न स्थानहरुमा आन्दोलन र प्रदर्शन चर्किरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ७ : ३४ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक