फलामको रडले घोच्दा सेनाका एक जवानको मृत्यु  « Khabarhub

फलामको रडले घोच्दा सेनाका एक जवानको मृत्यु 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए । 

बा८०प  ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना ५ त ४०२१ नंको ट्रयाक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए । 

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।  

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ४९ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने