राष्ट्रसंघीय आवासीय संयोजक र परराष्ट्रमन्त्रीबीच भेटवार्ता « Khabarhub

राष्ट्रसंघीय आवासीय संयोजक र परराष्ट्रमन्त्रीबीच भेटवार्ता


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्रमन्त्री साउदलाई भेटेकी हुन् ।

भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो ।

साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबार नै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ४३ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने