राष्ट्रसंघीय आवासीय संयोजक र परराष्ट्रमन्त्रीबीच भेटवार्ता « Khabarhub

राष्ट्रसंघीय आवासीय संयोजक र परराष्ट्रमन्त्रीबीच भेटवार्ता


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्रमन्त्री साउदलाई भेटेकी हुन् ।

भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो ।

साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबार नै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ४३ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको