अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । चीनबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि छलफल भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।  

‘अर्थमन्त्री डा महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताउनुभयो’, भेटबारे उल्लेख गर्दै भनिएको छ, ‘चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको छ ।’

चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै प्रयोग हुने विश्वास पनि राजदूत सोङले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ५३ बजे

बाढी पहिरोमा परि ललितपुरमा मात्रै २० जनाको मृत्यु, १५ बेपत्ता  

काठमाडौं– बिहिबारदेखिको अविरल वर्षाले आएको बाढी पहिरोका कारण ललितपुर जिल्लामा

कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता

विराटनगर– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजारबढी घर उच्च जोखिममा

उदयपुर– अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी