कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन « Khabarhub

कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिएका छन् ।

उनले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

काठमाडौँमा आज भएको नेपाल प्रहरीको कार्ययोजना, २०७९ र कार्यसम्पादन सम्झौताको कार्यप्रगति समीक्षा बैठकमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धान तथा नियन्त्रणका साथै अभियुक्तलाई कानूनी दायरामा ल्याउन अझ सक्रियताका साथ लाग्नसमेत निर्देशन दिए। उनले आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताए । 

शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न सबै प्रहरी कार्यालयलाई आवश्यक रणनीति तथा कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै जान उनले निर्देशन दिए । 

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगङ्जका प्रतिनिधि, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान ब्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । 

उनीहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्यप्रगति, विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक सेवालगायत आ–आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाहीलगायतका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ३३ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने