कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन « Khabarhub

कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिएका छन् ।

उनले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

काठमाडौँमा आज भएको नेपाल प्रहरीको कार्ययोजना, २०७९ र कार्यसम्पादन सम्झौताको कार्यप्रगति समीक्षा बैठकमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धान तथा नियन्त्रणका साथै अभियुक्तलाई कानूनी दायरामा ल्याउन अझ सक्रियताका साथ लाग्नसमेत निर्देशन दिए। उनले आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताए । 

शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न सबै प्रहरी कार्यालयलाई आवश्यक रणनीति तथा कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै जान उनले निर्देशन दिए । 

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगङ्जका प्रतिनिधि, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान ब्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । 

उनीहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्यप्रगति, विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक सेवालगायत आ–आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाहीलगायतका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ३३ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण