राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : उपराष्ट्रपति « Khabarhub

राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : उपराष्ट्रपति


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक भब्य समारोहबीच कार्यवाहक राष्ट्रपति यादवले उद्घाटन गरे । उहाँले खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम भएको बताउँदै भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडीमाझ उपस्थित हुन पाउँदा खुसीको अनुभूति भएको उल्लेख गरे।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले प्रतियोगिता पिरामिड आकारमा जगबाटै सञ्चालन हुने हुँदा यस प्रतियोगिताको महत्व खेलाडी उत्पादनमा विशेष अर्थपूर्ण रहेको बताए।

सदस्य–सचिव घिसिङले आगामी वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता थप व्यवस्थित र व्यासायिक खेलाडी उत्पादनमा केन्द्रित गर्ने उल्लेख गरे । उनले प्रतियोगिताको १४औँ संस्करण विसं २०८० को फागुन १६ देखि १८ गतेसम्म सञ्चालन गर्ने घोषणा गरे ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ३८ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण