नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै « Khabarhub

एसीसी प्रिमियम कपको सेमिफाइनल :

नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियम लिगमा आज सेमिफाइनल खेल हुदैँछन्। त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले आज हुने सेमिफाइनलमा कुवतेको सामना गर्दैछ। सेमिफाइनलकै अर्को खेल मुलपानी मैदानमा हुँदैछ। त्यहाँ युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ‘ए’बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। समूह बीको उपविजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गर्न पुगेको हो।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पुगेको हो।

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुँदैछ।

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह ‘बी’ बाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो। ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो।

दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछन्। जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : २९ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो