किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान | Khabarhub Khabarhub

किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन्।

सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोसी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन्। उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन्।

जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले २०७४ वैशाख ३१ गते गरेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविस सचिव विजय कामत र दिपचन्द्र मण्डललाई १ वर्ष जेल सजाय तोकिएको छ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरे पनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो। सो अदालतले सरकारी कर्मचारी भएका कारण पूर्व गाविस सचिव कामत र मण्डललाई भने २ वर्षको सजाय तोकिदिएको छ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पूर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन आएलगत्तै अदालतले आवश्यक प्रक्रिया पुरा गरी कैद भुक्तानका लागि कारागार पठाएको सुनाए।

तत्कालीन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो। २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भूमिका खेलेको अदालतले ठहर गर्दै जेल सजाय तोकेको हो।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ५० बजे

बाढी पहिरोमा परि ललितपुरमा मात्रै २० जनाको मृत्यु, १५ बेपत्ता  

काठमाडौं– बिहिबारदेखिको अविरल वर्षाले आएको बाढी पहिरोका कारण ललितपुर जिल्लामा

कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता

विराटनगर– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजारबढी घर उच्च जोखिममा

उदयपुर– अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो