सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सार्वजनिक (भिडियो) « Khabarhub

सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सार्वजनिक (भिडियो)


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ ।  

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयंले गरेका हुन् ।

 गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ३० बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि