छोटे राजाहरु खोकी लाग्यो भन्दै विदेश जान लागे : प्रकाशचन्द्र  लोहनी « Khabarhub

छोटे राजाहरु खोकी लाग्यो भन्दै विदेश जान लागे : प्रकाशचन्द्र  लोहनी


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका छन् ।

शनिबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल माइतीघर मण्डलामा पुगेका पूर्वअध्यक्ष लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका हुन्।

वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिरहेको उनकाे आरोप छ । नले नेताहरूलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर  आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गरे। उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रित भएको बताए।

सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको उनको आरोप छ । त्यसैगरी अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हितको लागि मात्रै भएको समेत उनले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : ५२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु