‘जनताको आकांक्षा विकास, समृद्धि र सुशासन’ « Khabarhub

‘जनताको आकांक्षा विकास, समृद्धि र सुशासन’


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकांक्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि विदेशिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको बताए।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रष्ट्राचार, जनताको मतको दुरुपयोग र सिद्धान्त बेचेर कुर्सीका लागि हानथाप गर्नेजस्ता कुराको अन्त्य हुनुपर्ने बताए। ‘हाम्रा अग्रजहरू देशका लागि बलिदानी दिएर मर्न तयार भए,  अब मर्न होइन, देशका लागि केही गर्न तयार हुनुपर्‍याे’, उनले भने, ‘आफ्ना लागि होइन, देशका लागि गर्न तयार हुनुपर्‍यो, तपाईँहरूजस्ता कलाकारले संगीतका माध्यमबाट सचेत गराउनुर्‍यो ।’

उनले भाषा, कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै यति धेरै भाषाभाषी र कला, संस्कृति कहीँ पनि नभएको र यो हाम्रो पहिचान भएको बताए । यस्ता कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै अगाडि बढाउने कुरामा ध्यान दिनु जरुरी रहेको उनले उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले आधुनिकतासँगै यस्तो मौलिक कला, संस्कृति हराउँदै जाने हुन् कि भन्ने चिन्ता लिनु जरुरी रहेको र यसको संरक्षण र प्रवर्द्धनमा राज्यका तीनवटै तहका सरकारको ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘बाटो, पुल, स्कुल, कलेजजस्ता विकासका पूर्वाधार बनाउँदा यसका साथसाथै कला, संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले कलाकारितालाई रोजगारीसँग जोड्न आवश्यक रहेको औँल्याए । उनले भने, ‘गीत-संगीतमा लाग्ने यहीँ क्षेत्र पेसाबाट आत्मनिर्भर हुने गरी जोडिनुपर्छ’, उनले भने, ‘बल्ल कलाकार र कलाकारिता टिक्छ ।’

अध्यक्ष तिमिल्सिनाले कला, संस्कृति हाम्रा पहिचान, पुँजीको रूपमा रहेको बताए। उनले यस्ता सम्पत्तिलाई अन्य भाषामा समेत अनुवाद गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने बताए। उनले यसलाई कसरी आयआर्जनसँग जोड्ने, कसरी जीवन निर्वाहका रूपमा अगाडि बढाउने भन्नेमा ध्यान जानुपर्ने बताए। उनले कला संस्कृतिलाई आयआर्जन र जीवन निर्वाहसँग जोड्न सके नयाँ पिँढीको यस्ता कार्यक्रममा सहभागिता बढ्ने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : ०३ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।