साढे दुई महिनाको उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै « Khabarhub

साढे दुई महिनाको उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगालागिमा परी गम्भीर घाइते भण्डारी झन्डै साढे दुई महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन्।

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार भएको हो। न्यौपानेका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ। पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन्।

सो आगलागीमा सांसद भण्डारीकी आमा हरिकला गम्भीर घाइते भएकी थिइन्। आमा हरिकलालाई बचाउनेक्रममा उनी पनि घाइते भएका हुन्। आमाको उपचारका क्रममा गत फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो।

अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : १९ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको