यूएईमा रहेका नेपाली कामदारले अब सजिलै आफन्त लैजान पाउने, दूतावासले जारी गर्यो यस्तो विज्ञप्ति « Khabarhub

यूएईमा रहेका नेपाली कामदारले अब सजिलै आफन्त लैजान पाउने, दूतावासले जारी गर्यो यस्तो विज्ञप्ति


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई– यूएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दूतावासले दिने एनओसी सर्टिफिकेट अब नपाउने भएका छन् ।

यूएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई यूएई बोलाउँदा नेपाली दूतावासबाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्राबधान थियो । त्यो सर्टिफिकट दिने कामबाट दूतावास पन्छिएको छ ।

यूएईमा भएका छोरा छोरी वा आफन्तले आमाबुवा वा आफन्तलाई भिजिट भिषामा यूएई लैजाँदा दूतावासबाट एनओसी सर्टिफिकेट लिनुपर्ने प्राबधान यसअघि थियो ।

दूतावासले गत आइतबार एक सूचना प्रकाशित गरेर सोमबारदेखि एनओसी जारी नगर्ने निर्णय गरेको हो । यो निर्णयको नेपालीलेहरुले विरोध जनाएका छन् ।

दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले सो कुराको पुष्टि गरेकी हुन् । यूएईमा बस्ने नेपालीहरुले आफन्तलाई यूएई भ्रमणमा बोलाउन भिजिट भिषा एप्लाई गर्दा पनि दूतावासमार्फत एनओसी लिनुपर्ने आवश्यकता थियो ।

अब भिजिट भिषा प्राप्त कागजातलाई नेपालमा अध्यागमन विभागले जाँच गरेर पठाए पछि दूतावासले त्यसैका आधारमा भिषा दिने भएको छ । 

अब दलालमार्फत गएका सर्टिफिकटले मान्यता पाउने भएका छन् । यही प्राबधानको सामाजिक सञ्जाल र युएइमा बस्ने नेपालीहरुले विरोध गरेका हुन् ।

दलालमार्फत जाने भिजिट भिषाका नेपालीहरु ठगीमा पर्ने भन्दै युएइमा बस्ने नेपालीले विरोध जनाएका हुन् । ‘सरकारले सम्बन्धित निकायमार्फत आगामी दिनदेखि एनओसी जारी नगर्नु भनेर निर्देशन पठाएसकेको दूतावासले जनाएको छ ।

तर दूतावासले एनओसी जारी नगर्ने भनी गरेको निर्णयको सामाजिक संजालमा व्यापक आलोचना भएको छ। युएइमा कार्यरत कामदारहरुले पनि यो निर्णय गलत भएको र यसले दलाललाई पृष्ठपोषण गरेको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ०५ बजे

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’ सम्म नियमन, भ्रम छरे क्षतिपूर्ति

काठमाडौं- विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने