‘बहिर्गमित हुँदा १० हजार रुपैयाँबाहेक केही पाएनौँ’ « Khabarhub

‘बहिर्गमित हुँदा १० हजार रुपैयाँबाहेक केही पाएनौँ’


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ।

सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बर्हिगमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो।

‘सरकारलाई हामीले सुरुदेखि नै ‘पूर्व बाल सेना’ को दीर्घकालीन रूपमा नै समस्या सम्बोधन गर्न तथा जीविकोपार्जनका लागि उत्पादनशील क्षेत्रमा सहभागिता गराउन भन्दै आएको छौँ,’ अध्यक्ष लेनिन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होइन, उत्पादनशील क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौँ।’

विष्टद्वारा जारी विज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरूप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टबाट बाहिर पठाइएको थियो। सो रकम बाहेक अहिलेसम्म कुनै रकम नपाएको विज्ञप्तिमा उल्लेख छ।

त्यतिबेला लडाकुलाई दिने भनेर राज्यकोषबाट करोडौँ रकम लगरेर तत्कालीन मा‌ओवादी नेतृत्वले कुम्ल्याएको आरोप लागिरहेका बेला यस्तो विज्ञप्ति आएको छ। ‘सोही जनयुद्धमा सहभागी भएका मध्य ४ हजार ८ जनालाई VMLR(Verified Miner Late Required)भन्दै क्यान्टोनमेन्टबाट बाहिर पठाइयो। जसमध्ये २ हजार ९७३ जना उमेर नपुगेका Verified Miner र १०३५ जना शान्ति सम्झौता पछि भर्ना भएको Late Required भन्दै क्यान्टोन्मेन्टबाट बाहिर राखिएको पुनः स्मरण गराउन चाहन्छौ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई क्यान्टोनमेन्टबाट बाहिर पठाउँदा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मिशन इन नेपाल (अनमिन)बिच त्रिपक्षीय सहमति अनुसार बहिर्गमन गराइएको थियो। यसरी बहिर्गमन खर्च स्वरूप १० हजार रुपैयाँ र एउटा झोला मात्रै दिइएको थियो।’

२०६९ सालदेखि नै बाल सेनालाई रकम दिने भनेर निर्णय पटक पटक भए पनि अझैसम्म नपाएको उनीहरूको गुनासो छ।

हेर्नुस् प्रेस विज्ञप्ति

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : २२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको