लुम्बिनीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने « Khabarhub

लुम्बिनीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएएका छन् ।

यसअघि सोमबार विश्वासको मत लिने टुंगोमा पुगेका  मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मंगलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाएका छन् । गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय छन् । 

मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभाको अधिवेशन मंगलबारका लागि बोलाइएको छ । 

प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मंगलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३८ बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका