‘भारत यमनमा शान्ति स्थापना होस् भन्ने चाहन्छ’ « Khabarhub

‘भारत यमनमा शान्ति स्थापना होस् भन्ने चाहन्छ’


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले द्वन्द्वग्रस्त यमनमा शान्ति, स्थिरता र सुरक्षा बहाली होस् भन्ने चाहना व्यक्त गरेको छ । नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आफ्नो मुलुकले यमनमा शान्ति स्थापना होस् भन्ने चाहेको बताए ।

केही दिनअघि यमनमा भएको भागदौडमा परी ८५ जनाको मृत्यु भएको थियो भने ३२२ जनाभन्दा धेरै घाइते भएका थिए । बागचीले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो मुलुकले यमनमा शान्ति, स्थिरता र सुरक्षाको बहालीको अपेक्षा गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।

सन् २०१४ यता यमनमा जारी गृहयुद्धका कारण त्यहाँ मानवीय संकट देखा परेको छ । युद्धका कारण लाखौँ यमनीको मृत्यु भएको छ भने अर दशौँ लाख विस्थापित भएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ३९ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान