रवि आज पुन: रास्वपा संसदीय दलको नेता बन्दै « Khabarhub

रवि आज पुन: रास्वपा संसदीय दलको नेता बन्दै


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।

जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

निर्वाचित भएर आए पछि लामिछानेले पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राखेर सरकार आउन अनुरोध गरेका थिए । जवाफमा लामिछानेले पहिलाका मन्त्रालय पाउने र सरकारको ‘न्यूनतम साझा कार्यक्रम’मा भ्रष्टाचारलाई कारबाही गर्ने विषयको बुँदा थपेमा सोच्न सकिने बताएका थिए ।

साथै आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्नेछ । यसअघि संसदीय दलको नेता रहेका उनी नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले सभापति र सांसद पद गुमेसँगै पदमुक्त भएका थिए ।

त्यस पछि रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि उनले शनिवार नै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : ४२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको