धादिङ खण्डको सडक १२ बजेसम्म एकतर्फी खुल्ने « Khabarhub

धादिङ खण्डको सडक १२ बजेसम्म एकतर्फी खुल्ने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको गणेश खोलाको पुल नजिकको सडक बनाउन आज दिनभर लाग्ने भएको छ।

धादिङको थाक्रे गाउँपालिका र धुनिबेसी नगरपालिका जोड्ने पुलको मुखमा जमिन भासिएपछि सोमबार अपराह्न ४ बजेदेखि सडक अवरुद्ध भएको हो।

पुल मर्मत हुन नसक्दा १८ घण्टादेखि सवारी साधन रोकिएका छन् । सडक खुलाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, सडक प्राविधिक र मजदुर हिजैदेखि निरन्तर मर्मतमा लागिरहेका छन् । सामान्य फिलिङ गरेर नचल्ने भएपछि तलैदेखि जाली बिछ्याएर मर्मत भइरहेको छ।

मध्याह्न १२ बजे भन्दा अगाडी कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तीमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।

गल्छी–नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुई वटा वैकल्पिक बाटोबाट सवारी साधनलाई काठमाडौं भित्राउने र काठमाडौँबाट अन्यत्र पठाउने कार्य भने जारी छ । पुलनजिक सडक भासिएपछि पृथ्वी राजमार्ग  अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ०० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको