युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको सामान्य लक्ष्य « Khabarhub

युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको सामान्य लक्ष्य


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले जितका लागि ११८ रनको सामान्य लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमै ११७ रनमा अलआउट भएको हो ।

युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।

यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।

अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।

सोमबार बाँकी रहेको खेल ‘रिजर्भ डे’ मंगलबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू भएको थियो।

त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७. ३ ओभरमा ९ विकेट गुमाउँदै १६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ३० बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर