दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी « Khabarhub

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

कैलाली– हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ ।

हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखी खोजी सुरु भएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् ।

यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् । 

हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले हिजो देखी नै उद्धार सुरु गरेको थियो तर ११ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन् ।

 दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानबाट पुन खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : २९ बजे

कप्तान ऐरीको धारिलो ब्याटिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जबाफी

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छ : मन्त्री खरेल

चरिकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१

सर्वाधिक रन बनाउने कर्णालीका दुई ब्याटर सुदूरपश्चिमका ऐरीको बलको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध

महिला हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान : नेपालमा साइबर कानुन बनाउन ढिला गर्दा समस्या 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले

दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी