स्पेनिस ला लिगा : शीर्ष स्थानको बार्सिलोनाको संघर्षपुर्ण जित « Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको बार्सिलोनाको संघर्षपुर्ण जित


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्ष पछि ओसासुनालाई १–० ले पराजित गरेको हो ।

स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १–० को जीत निकाल्न सकेको हो । ७६औं मिनेटमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गरे पछि बार्सिलोनाले पराजय वा बराबरी भोग्न नपरेको हो  ।  

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक बटुलेको छ भने पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा सीमित छ ।

यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्को खेलमा स्पान्योललाई हराउन सकेको खण्डमा उ विजेता बन्नेछ । बार्सिलोना २०१८–१९ को सिजनपछि ला लिगाको पुनः च्याम्पियन बन्ने लागेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत