निजामती ऐनको माग गर्दै कर्मचारीले सिंहदरबार प्रवेशमा रोक लगाउने « Khabarhub

निजामती ऐनको माग गर्दै कर्मचारीले सिंहदरबार प्रवेशमा रोक लगाउने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन्।

गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो।

नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो। वैशाख २० गते बुधबार पनि प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई देशैभरीबाट मोवाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ।

वैशाख २१ गते बिहीबार भने सिंहदरवार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए। उनका अनुसार आज सिंहदरबार प्रवेशमा कर्मचारी जाने छैनन्।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ६ : ४९ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश