बुद्ध जयन्ती मनाउन रामग्रामले धातु जात्रा निकाल्ने « Khabarhub

बुद्ध जयन्ती मनाउन रामग्रामले धातु जात्रा निकाल्ने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – वैशाख २२ गते शुक्रबार बुद्धको २५६७औँ जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा गर्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाउँदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले फरक तथा आकर्षक ढङ्गले गर्ने बताएको छ ।

नगरपालिकाले नगरभित्र रहेको कोलिया गणराज्यको पण्डितपुरबाट धातु जात्रा (रथ) गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । करिब २५ सय वर्ष तथा इसापूर्व पाँच सय वर्ष पुरानो यो स्तुप कोलिया गणराज्यद्वारा निर्माण गरिएको थियो ।

बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तुप हो । स्तुपको सुरक्षार्थ नागजातिको आग्रहमा उत्खनन नगराई दिदा सिङ्गाँ भाग बचेको छ । सोही अस्थिको झल्को दिन धातु रथयात्रा गर्ने नगरप्रमुख यादवले भने ।

बुद्ध जयन्तीका अवसरमा कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको छ । रामग्राम स्तपु, पण्डिपुर र परासी बजार सरसफाइ गरिएको छ । त्यस्तै दिउँसोका कार्यक्रम सकिएपछि साँझ दीपावली गर्ने कार्यक्रम पनि छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : १२ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति