कागेश्वोरी मनोहरामा आँखा शिविर सम्पन्न « Khabarhub

कागेश्वोरी मनोहरामा आँखा शिविर सम्पन्न


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कागेश्वोरी मनोहरा नगरपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग, कागेश्वोरी मनोहरा नगरपालिका, नेसनल ओपन स्काउट क्रु, बाल गीताञ्जली स्कुल र नेपाल रेडक्रस सोसाइटी कागेश्वोरी मनोहरा उपशाखाको संयुक्त आयोजनामा मूलपानी स्थित बाल गीताञ्जली स्कुलमा शुक्रबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा कागेश्वोरी मनोहरा ,शंखरापुर  गोकर्णेश्वोर तथा काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका आँखा सम्बन्धी समस्या भएका ८५६ जनाले आँखा जाँच गरी आवश्यकता अनुसार नि:शुल्क चश्मा र औषधी समेत प्राप्त गरेका छन् ।

कार्यक्रम संयोजन गर्ने नेशनल ओपन स्काउट क्रुका संस्थापक संयोजन कर्ता विदुर गिरिले उक्त शिविरमा छानिएका २९ जना मोतियाविन्दुका बिरामीहरूलाई वैशाख २४ गते तिलगंगा आँखा प्रतिष्ठान मार्फत नि:शुल्क शल्यक्रिया गराउने जानकारी दिए ।

वडा अध्यक्ष भिमसेन थापाकाले स्काउट मार्फत गरिएका यस्ता समाज केन्द्रित सामुदायिक कार्यले समाजमा सामाजिक भावनाको विकास हुनुको साथै स्थानीय तह मै यस्ता विशिष्ट कार्यक्रमहरू सञ्चालन गर्दा बहुसङ्ख्यक लक्षित वर्गले सेवा प्राप्त गर्न सक्दा रहेछन् भन्ने सन्देश प्रवाह भएको बताए ।

यस्ता कार्यक्रमहरूको प्रबन्धन गर्न आफ्नो वडा नगरपालिका मार्फत तत्पर रहिरहने समेत उनले उद्घोष गरे ।

कोभिडको महामारी पछि लामो समय पश्चात सफल रूपमा नि:शुल्क आँखा शिविर सम्पन्न गर्न पाएकोमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा व्यक्तिहरू प्रति आभारी रहेको कुरा बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेले बताए ।

तस्बिर सौजन्य – बल बहादुर केसी

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : १९ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध