उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल « Khabarhub

उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्। चितवन उद्योग सङ्घले आजदेखि यहाँ आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उनले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताए ।

उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उहाँले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताएका हुन् । लगानी र व्यावसायिक हिसाबले सस्तो र सहज हुने भएकाले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताए । उनले भने, “लगानी गर्न तयार रहनुस् वातावरण बनाउने काम सरकारले गर्छ ।”

उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । उनले भने, “उद्योगी व्यवसायी आतिनुपर्ने अवस्था छैन ।” सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिहंले देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको भन्दै यसलाई उकास्नु सबैको जिम्मेवारी रहेको बताए। उद्योगी विदेश पलायन हुने स्थितिबाट सरकारले जागाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : ३१ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म