मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु « Khabarhub

मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुस्ताङको थासाङ १ टुकुचेमा शनिबार बिहान करिब ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माणस्थलतर्फ लैजाँदै गर्दा ग १ त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा धौलागिरी गाउँपालिका ३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । ट्याक्टर थासाङ २ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : ०९ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध