सिन्धुपाल्चोकको हैबुङ्मा आँखा शिविर सम्पन्न, १८७ जनाले लिए सेवा « Khabarhub

सिन्धुपाल्चोकको हैबुङ्मा आँखा शिविर सम्पन्न, १८७ जनाले लिए सेवा


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग, मेलम्ची नगरपालिका, नेशनल ओपन स्काउट क्र्यू र मेलम्ची नगरपालिका वडा नम्बर ३ को संयुक्त आयोजनामा हैबुङ् स्थित वडा कार्यालयको नयाँ भवनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।  

उक्त शिविरमा मेलम्ची नगरपालिका  वडा नम्बर २,३,४ र काठमाडौंको गोकर्णेश्वर नगर पालिकाका १ मूलखर्क दुखीका आँखा सम्बन्धी समस्या भएका १८७ जनाले आँखा जाँच गरी आवश्यकता अनुसार निःशुल्क चश्मा र औषधी समेत प्राप्त गरे ।

 कार्यक्रम समायोजन गर्ने नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका संस्थापक रोभर लिडर तथा नेपाल स्काउटका  सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरिका अनुसार उक्त शिविरबाट छानिएका १७ जना मोतियाबिन्दुका बिरामीहरू लाई यही वैशाख २४ गते तिलगंगा आँखा प्रतिष्ठान मार्फत निःशुल्क शल्यक्रिया गराउने समेत जानकारी दिए ।

स्थानीय वडा वडा नम्बर ३ का अध्यक्ष कुमार बन्जाराका अनुसार यस्ता सामाजिक कार्यहरूलाई प्रर्वद्धन गरिने तथा स्काउट सँग अन्य वडाहरूलाई समेत जोडेर  यस्ता स्वास्थ्य सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरी लक्षित बर्ग लाई समेट्न पहल गरिने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ३७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा