धनुषामा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

धनुषामा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा सोमबार टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव छन् ।

यादवलाई ढल्केबर अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनापश्चात फरार रहेका टिपर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : १० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका