पाकिस्तानको स्वात उपत्यकामा बाढी पहिरोका कारण पर्यटन क्षेत्र प्रभावित « Khabarhub

पाकिस्तानको स्वात उपत्यकामा बाढी पहिरोका कारण पर्यटन क्षेत्र प्रभावित


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा निरन्तरको भारी वर्षासँगै आएको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा असर परेको पाइएको छ ।

द न्युज सन्डेका अनुसार भारी वर्षाका कारण पर्यटक आउन नपाएपछि पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीले लाखौँ रुपैयाँ गुमाएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार वर्षाका कारण आएको बाढीले गर्दा सडकमार्ग बन्द भएका छन् । उसैपनि कमजोर पूर्वाधार रहेको यस क्षेत्रमा बाढीले अझ क्षति निम्त्याएको छ ।

पाकिस्तानको स्वीट्जरल्याण्ड भनेर पनि चिनिने स्वात उपत्यका प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कोरोना भाइरसको महामारीका कारण थलिएको स्वात उपत्यकाको पर्यटन क्षेत्र यस प्रकोपबाट अझ प्रभावित भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ३३ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको