प्रहरीका २० एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

प्रहरीका २० एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका २० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयबाट जनपद तथा प्राविधिकतर्फ बढुवा भएका २१ एसएसपीमध्ये २० एसएसपीलाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दज्र्यानी चिह्न प्रदान गरे ।

दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशम्शेर जबरा, वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।

यस्तै, प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आषिश दत्त रहेका छन् । सोही निर्णयबाट पदोन्नति भएकी एसएसपी गङ्गा पन्त हाल संयुक्त राष्ट्र सङ्घीय मिसनमा कार्यरत छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी सङ्गठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुन आग्रह गरे ।

उनले सङ्गठनप्रति बफादार, इमानदार र निष्ठावान् बन्दै सङ्गठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसात् गरी भावनात्मक रूपमा एकबद्धता भएर अगाडि बढ्न निर्देशन दिए । सङ्गठन बनाउने हकमा आन्तरिक शुद्धिकरणका साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारको प्राथमिकतालाई ध्यान दिँदै अझै सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्ने बताए । पदोन्नति भएका अधिकृतका तर्फबाट एसएसपी विश्व अधिकारीले प्राप्त अवसर, ऊर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पादन गर्दै सङ्गठनको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : ०१ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ