बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै « Khabarhub

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए ।

जिल्लाको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि बिरामीको पहिचान भएकाले थालसेमियाका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको फिजिसियन डा पाण्डेले बताए। उनले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्षयतादेखि भेरी अस्पतालमा निःशुल्क परीक्षण भइरहेको बताए ।

भेरी अस्पताल नेपालगन्जमा अहिले दैनिक थालसेमियाका बिरामी आउने गरेका छन् । उनीहरूमा जन्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले बताए ।

थालसेमिया रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उनले फिजिसियन चिकित्सकले बिरामी हेरिरहेको बताए । थालसेमिया सिकलसेलजस्तै रगतसँग सम्बन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै रु एक लाखसम्मको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।

थालसेमियाका बिरामीको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमियाजस्तो रक्तअल्पताको समस्या लिएर बिरामी आउने गरेको बताए ।

उनले अहिले करिब ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारका लागि आएको र यीमध्ये करिब १४ जना नेपालगन्जका विभिन्न समुदायका रहेको जानकारी दिए। सो रोगका ८० प्रतिशत बिरामी थारू समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारू, मुस्लिम, जनजाति, मधेसी समुदायका रहेका छन् । 

नेपालगन्जमा निजी क्षेत्रबाट सञ्चालित कान्ति आरोग्य अस्पतालमा आउने थाल्सेमियाका बिरामीलाई बेड चार्जदेखि चिकित्सकको शुल्क र कुरुवा बस्ने सुविधा निःशुल्करूपले उपलब्ध गराएको छ । बर्दियाका फकिरे थारूले थालसेमियका बिरामीलाई राज्यले निःशुल्क औषधि तथा उपचारको प्रबन्ध गर्न माग गर्दै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताए । 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : ०८ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ