यौन उत्पीडनको आरोपमा ट्रम्पलाई पाँच मिलियन डलर जरिवाना « Khabarhub

यौन उत्पीडनको आरोपमा ट्रम्पलाई पाँच मिलियन डलर जरिवाना


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी एक अदालतले यौन उत्पीडनको मुद्दामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पललाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ।

सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपूर्ति दिन आदेश दिएको हो। यो एउटा सिभिल अदालतले गरेको फैसला हो।

अलजजिराका अनुसार डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि उनलाई झुटो भन्दै बदनाम गरे। संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्व अमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हो।

बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झुट’ भनेकोमा ट्रम्पलाई मानहानीको लागि जिम्मेवार पनि मानिएको छ।

यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो।

छ जना पुरुष र तीन महिला मङ्गलबार तीन घण्टाभन्दा कम छलफलपछि आफ्नो निर्णयमा पुगेका हुन्।‘आज, संसारलाई अन्ततः सत्य प्रमाणित हुन पुगेको छ,’ सुश्री क्यारोलले फैसला पछि लिखित बयानमा भनिन, यो जित मेरो लागि मात्र होइन, विश्वास नगरेको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो।’

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै