मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

बा.प्र. ०३-००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो । 

विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटी चालक काफलेलाई  सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिड आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन्  । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । 

टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरीर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ४६ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर