म्याग्दीका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखियो | Khabarhub Khabarhub

म्याग्दीका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखियो


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्पी स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्पी स्किन देखिएको बताए ।

“कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ”, उनले भने, “प्रयोगशालाले लम्पी स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्पी स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।”

गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बताएका छन् । पाखापानी औलाका हुमबहादुर पुनले बर्खेबाली लगाउने बेलामा गोरु मर्दा समस्या भएको बताए । उनका अनुसार करिब एक महिनायता म्याग्दीका विभिन्न स्थानमा लम्पी स्किनको समस्या देखिएको छ । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाटसमेत यो रोगको सङ्क्रमण बढ्ने बताइएको छ । यो रोगको उपयुक्त औषधि नभए पनि खोप पहिचान भएको छ ।

ठूला फार्म र गोठमा लम्पी स्किन भित्रिन नदिन खोप लगाउन थालिएको बेनी नगरपालिका–७ का कृषक कृष्ण शर्माले बताए । खोपको माग अद्यावधिक भएकाले भनेको समयमा नपाएको कृषकले बताएका छन् । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दूध उत्पादनमा असर पर्ने जनाइएको छ । म्याग्दीका भैँसीमा भने अहिलेसम्म लम्पी स्किन देखिएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ५३ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय