एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनल नजिक « Khabarhub

एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनल नजिक


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो।

बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात् ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए।

पहिलो हाफमा नै २–० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन। दुवैतर्फबाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर विजयी भयो।

यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ६ : ५४ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही