कप्तान बुस्केटले १८ वर्ष पछि बार्सिलोना छाड्दै « Khabarhub

कप्तान बुस्केटले १८ वर्ष पछि बार्सिलोना छाड्दै


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बार्सिलोनामा आबद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाड्ने भएका छन् ।

जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।

‘१८ वर्षको बार्सिलोनासँगको यात्रा अविष्मरणीय रह्यो। म सानैमा पनि सधैं बार्सिलोनाको जर्सिमा नै मैदानमा खेलेको सपना देख्थेँ, जुन सपना मैले सोचेको भन्दा लामो समयसम्म जारी रह्यो’ उनले भने, ‘धेरै वर्षदेखि बार्सिलोना र फुटबल प्रेमीहरुबाट पाएको यो सम्मान र अवसरले मलाई धेरै थोक र अविस्मरणीय यादहरू दिएको छ। यो अवसर सिर्जना गर्ने क्लब र सबै समर्थक र सहकर्मी प्रति धन्यवाद दिन चाहन्छु।’

उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा ला लिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

२००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्ध भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ८ : ५१ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०