कर्मचारी अभावले स्थानीय तहको सेवा प्रभावित « Khabarhub

कर्मचारी अभावले स्थानीय तहको सेवा प्रभावित


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिराहा -सिराहाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणको मुख्य समयमा सेवा प्रभावित भएको छ।

सिराहाको विष्णुपुर गाउँपालिका, मिर्चैया र धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीको काम प्रभावित भएको हो।

भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत निलम्बनमा परेपछि विष्णुपुर गाउँ पालिकाका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ।

मिर्चैया नगरपालिकाको जिम्मेवारी सम्हाल्दै आएका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव सरुवा भएर वडियारपट्टी गाउँपालिका गएपछि मिर्चैया नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहीन छ। उनीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएपछि निलम्बनमा परेका छन्।

दुवैजना प्रशासकीय अधिकृतविरुद्ध  सिराहाको लक्ष्मीपुर पतारी गाउँ पालिकामा कार्यरत रहेको अवस्थामा विकास निर्माणको काममा अनियमितता गरेको भन्दै आयोगले यही बैशाख ७ गते अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले दुवैजना प्रशासकीय अधिकृतसति कर्मचारी जनप्रतिनिधी गरी २३ जनामाथि आरोप पत्र पेश गरेका छन्।

विष्णुपुर गाउँ पालिकामा प्रशासकीय अधिकृत विहीन भएपछि दैनिक प्रशासनिक काम समेत प्रभावित भएको स्थानीयहरू बताउँछन्। विकास निर्माण लगायतका कामकाज तिव्रगतिमा हुनुपर्ने समयमा प्रशासकीय अधिकृत महत निलम्बनमा परेपछि पाइला पाइलामा समस्या आईरहेको गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।

उनले भने, ‘अहिले विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बेला हो, यस्तो अवस्थामा हाकिम छैन। हाकिम नभएकाले काम प्रभावित हुनेगरेको छ।’

उनले अहिले हाकिम नभएर समस्या झेल्नुपरको छ, हाकिम खोज्न काठमाडौं आएको बताए। अध्यक्ष यादवले हाकिम खोजी भईरहेको भन्दै दुई तीन जनासँग कुराभएपनि को जाने हो अझै टुङ्गो भई नसकेको बताए।

प्रशासकीय अधिकृत निलम्बनमा परेको २० दिन बितिसक्दा पनि कार्यपालिका विवादका कारण निमित्त समेत तोक्न नसकेको एक वडाअध्यक्षले बताए। निमित्त समेत नहुँदा सामान्य प्रशासनिक कामसमेत प्रभावित हुने गरेको छ।

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद वगालेमाथि कुटपिटको घटना पछि उनी कार्यालय आएका छैनन्। उनीमाथि यही वैशाख १५ गते ग्राभेल व्यवसायीहरूले कार्यकक्षमै ढोका थुनेर कुटपिट र गाली व्यईजति गरेका थिए।

आर्थिक वर्षको दुईमहिनामात्र बाँकी रहे पनि अहिलेसम्म धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष ०७९-८० को करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। अहिले विकास निर्माणको कामलाई गतिदिनेबेलामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा बाँकी काम अगाढी बढ्न नसकेको नाम नबताउने शर्मा एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘अब प्रशासकीय अधिकृत आएर कामलाई गति दिए पनि ५० प्रतिशतभन्दा बढी काम गर्न मुस्किल हुन्छ।’

त्यसैगरी मिर्चैया नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निमार्णको लगायतका कामकाज गराउन आउने सेवाग्राहीहरु मार्कामा परेका छन्। करिब तीन महिना अगाडी प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो । प्रशासकीय अधिकृतको सरुवा पश्चात तत्काललाई नगरकार्यपालिकाले स्वास्थ्य शाखा प्रमुख विजय महतोलाइ आर्थिक कारोवार बाहेकका जिम्मा दिएको नगर प्रमुख श्रवण यादवले जनाएको छ ।

उनले ‘माथिल्लो निकायमा कुराकानी भइरहेको छ।, कर्मचारी खोजीकार्य गर्देछु। असार मसान्त आउन लाग्यो कार्मचारीको आभावले विकास निमार्ण कार्यपनि गर्न सकिरहेको छैन। प्रयासमै छु छिटै कुन न कुनै वेवास्ता मिलाउने बताए।’

मिर्चैया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेको कारण सेवाग्राही मात्र नभई पालिकामा कार्यरत कर्मचारीहरु समेत मार्कामा परेको एक जना कर्मचारीले बताए । उनले भने, ‘ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको दुई महिना वितिसक्दापनि मन्त्रालयले हाकिम पठाएनन्।, हामीले दुई महिनादेखि तलब नै खान पाएका छैन्,। तलव खान नपाएर धेरै नै समस्या भईरहेको छ।’

यसैगरी सिरहाका अधिकांश पालिकाहरुमा कर्मचारी अभावका कारण सेवा प्रभावित भईरहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ११ : ४३ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र