चितवन मेडिकल कलेजको डेन्टल ओपीडी ठप्प « Khabarhub

चितवन मेडिकल कलेजको डेन्टल ओपीडी ठप्प


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

चितवन– एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ ।

बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा आत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका हुन् ।

शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी सङ्घर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ०७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा