असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ « Khabarhub

असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौँ संस्करण आगामी असार १ देखि ३ गतेसम्म हुने भएको छ । प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाले महोत्सव गर्ने गरिएको अध्यक्ष डा मञ्जु मिश्रले जानकारी दिए ।

उनले भने, “हालसम्म २० चलचित्र प्राप्त गरिसकेका छौँ, यो महोत्सवले संस्कृति आदान–प्रदानमा सघाउने विश्वास हामीले लिएका छौँ ।” चलचित्र सहभागी हुनका लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको छ । महोत्सवमा विगतमा झैँ यसपटक पनि बढीमा २५ चलचित्र चयन हुनेछन् ।

अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, छोटा चलचित्र, वृत्तचित्र र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ । सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तक्र्रिया, छोटा चलचित्रको समस्या र अवस्थालगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । विदेश खण्डअन्तर्गत महोत्सवमा चलचित्र, लघुचलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन चलचित्र सहभागी गराइने छ ।

“नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी चलचित्र प्रतिस्पर्धा गरी दुईवटा समूह रहेको छ”, निर्देशक क्षेत्रीले भने । यस्तै खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघुचलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ९ : ५८ बजे

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको