माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी « Khabarhub

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय छोरालाई घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीबारे चेतावनी दिएको छ।

शिजुओका प्रान्तको प्रहरीले बिहीबार माउन्ट फुजीको आरोहण मार्गमा एक्लै रहेका बालकलाई फेला पारी संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय सञ्चारमाध्यम एसबीएस टिभीका अनुसार आरोहणका क्रममा बालकले आफू थाकेको बताएपछि उनका बुबाले उनलाई समुद्री सतहबाट दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको छैटौँ स्टेसनमा पर्खन भनेका थिए। त्यसपछि बुबा आफ्ना जेठा छोरासँगै आरोहण जारी राखेका थिए।

टिभी असाहीका अनुसार बालकलाई करिब आठ घण्टासम्म खाजा र पेय पदार्थसहित त्यहीँ पर्खन भनिएको थियो। उनीसँग पैसा भने थिएन। विश्रामस्थलका कर्मचारीले बालकलाई एक्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले माउन्ट फुजीको आठौँ स्टेसनमा रहेका बुबासँग सम्पर्क गरी बालकलाई उनको जिम्मा लगाएको जनाएको छ।

प्रहरीका अनुसार बुबाले आफ्नो व्यवहारप्रति माफी माग्दै आफूबाट लापरवाही भएको स्वीकार गरेका छन्। प्रहरीले बालबालिकालाई पहाडी क्षेत्रमा एक्लै छाड्नु जोखिमपूर्ण हुने भन्दै अभिभावकलाई विशेष सावधानी अपनाउन चेतावनी दिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १२ : ३८ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर