आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा | Khabarhub Khabarhub

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशमा आंशिक बदली भएर बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनु साथै तराईका भू-भागहरुमा अधिकतम तापक्रममा केही वृद्धि हुने सम्भावना छ। त्यसबाट हुन सक्ने क्षति जोखिमबाट बच्न आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : १५ बजे

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र