प्रभु साह नेतृत्वको आम आदमीसहित ५ दल कारबाहीमा | Khabarhub Khabarhub

प्रभु साह नेतृत्वको आम आदमीसहित ५ दल कारबाहीमा


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले दुई वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

आज सार्वजनिक सुचना जारी गर्दै आयोगले प्रभु साह नेतृत्वको आम आदमी पार्टीसहित ५ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको हो ।

कारबाहीमा पर्ने अन्य पार्टीहरूमा शिव सेना नेपाल, मुस्कान सेना नेपाल, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक र राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक रहेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र सो लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने कानुनी दायित्व रहेको आयोगले स्मरण गराएको छ ।

‘आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने तपसिल बमोजिमका ५ (पाँच) वटा राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको सोही दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिनभित्र आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगले भनेको छ, ‘साथै आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : २४ बजे

सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको सचिवालयले नेपाली कांग्रेसका

बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण

ढोरपाटन – बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर

रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले मानव

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो- उपसभापति वाग्ले

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ

धानखेतीको तालिका बदलिँदै : जेठमै पाक्छ धान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ६ कसरौलका किसान रामसिकन राना अहिले चैते