लेखा परीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन | Khabarhub Khabarhub

लेखा परीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो । आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८-७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा (५) बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम)का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ ।

‘साथै  आर्थिक  वर्ष  २०७८-७९  को  लेखा  परीक्षण  प्रतिवेदन  कानुनले  तोकेको  समयभित्र  पेस  गर्ने  तपसिल  बमोजिमका  ८२  (बयासी)  राजनीतिक  दलहरूको  विवरण  आयोगको  वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ४४ बजे

छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रालि (खेती एप) र

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई

प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू)

काठमाडौं- मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

म्याग्दी– ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक् भू–बनोट, प्राकृतिक, भौगोलिक,