महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक : आरजु | Khabarhub Khabarhub

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक : आरजु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताएकी छन् ।

उनले महिलामैत्री तथा महिला केन्द्रित आयोजना बनाउन यस्तो संयन्त्रले समन्वय गर्ने र एकीकृतरूपमा महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउन पनि सजिलो हुने धारणा राखिन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगले सामुदायिक महिला विकास केन्द्र मकवानपुर र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा बिहीबार हेटौँडामा सञ्चालन गरेको ‘महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा डा देउवाले सो धारणा राखेकी हुन् ।

उनले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएको तर यो उपलब्धिलाई संस्थागत गरी त्यसबाट फाइदा लिनसक्ने अवस्थामा महिला अझै नपुगेका भन्दै यसका लागि पनि सो संयन्त्रले काम गर्न सक्ने बताइन् ।

यस्तो संयन्त्रले देशमा महिला अधिकार तथा महिला सशक्तीकरणका क्षेत्रमा भए/गरेका कार्यको अनुगमन गर्ने, आगामी दिनमा गर्नुपर्ने थप कार्यका लागि समन्वय गर्ने र दिगो विकास लक्ष्यमा कसरी पुग्ने भन्ने विषयमा पनि आवश्यक सहजीकरण गर्ने डा राणाले बताइन् ।

आगामी आर्थिक वर्षको बजेटका लागि बागमती सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व विभिन्न चरणमा सुझाव लिने क्रममा आयोजना गरिएको यस कार्यक्रममा महिलाको आर्थिक सशक्तीकरण, बजेटमा समेट्नुपर्ने विषय तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि महिला सशक्तीकरणमा आवश्यक पर्ने बजेटका विषयमा विविध सुझाव प्राप्त भएका थिए ।

सो कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्यहरू, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, बागमती प्रदेश सरकारका सचिवहरू, महिला सशक्तीकरण विषयमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलगायतले आ–आफ्ना सुझाव पेस गरेका थिए।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : १७ बजे

रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते

चन्द्रपुर– पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस दुर्घटना

सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको सचिवालयले नेपाली कांग्रेसका

बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण

ढोरपाटन – बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर

रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले मानव

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो- उपसभापति वाग्ले

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ