बाह्र दिनदेखि हराएका गुरुङको शव फेला  | Khabarhub Khabarhub

बाह्र दिनदेखि हराएका गुरुङको शव फेला 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँमा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका-९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भीरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्  ।

बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँड्नु भएका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : ०२ बजे

राष्ट्रियसभामा दुई विधेयक पेस

काठमाडौं– राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरू प्रस्तुत भएका छन् ।  बिहीबार

थाइल्याण्डले नेदरल्याण्ड्सलाई दियो ११० रनको लक्ष्य 

काठमाडौं – राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका

काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’

काठमाडौं- काठमाडौंमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ ।

आयोगले पूर्णता नपाउँदा काम सुरु हुन सकेन

झापा– भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे तापनि

बादलको टिप्पणी- माओवादी ‘जनयुद्ध’ हिंसा नै हो, अब दिवस मनाइरहनुको अर्थ छैन

धनगढी– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले माओवादीद्वारा १० वर्षसम्म